काठमाडौं : तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरले प्रयोग गर्दै आइरहेको सवारीसाधन फिर्ता गरेका छन् ।
आइतबार शुक्लागण्डकीका मेयर किसान गुरुङले प्रयोग गर्ने ग १ झ ३२१ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरेका हुन ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा आफूले चढ्दै आइरहेको सवारी फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् । उनले फेरि पनि मेयरमा दोहोरिनलाई पार्टीमा आकांक्षा देखाएका छन् ।
कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले उनीसहित १० जना आकांक्षी मेयरको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।
तर अब मेयरको उम्मेद्वार नभए पनि सरकारी सवारीको प्रयोग गर्ने मेयर गुरुङको उद्घोष छ ।
निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उनको भनाइ छ । ‘निर्वाचन नजिकिएकाले अब नगरपालिकाले सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको छु’, उनले अगाडि थप्दै उनले भने ।
तपाइँको प्रतिक्रीया