काठमाडौं : समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो । ईन्जिन फेल भएसँग यात्रुहरु आत्तिएका थिए ।
काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो ।
उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको हो । १५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दिएको हो ।
सोही क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो
तपाइँको प्रतिक्रीया