२०८२ असार १ आइतबार

राशिफल

शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा गैंडाकोटको जनक मावि तनावग्रस्थ अवस्थामा

काठमाडौं  :  नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन ।

विधालयमा विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त बन्न पुगेको छ ।

कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठलेका अनुसार विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन भने प्रहरीले पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेपछि बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको छन ।

‘ प्रहरी निरीक्षक श्रेष्ठले भने,‘हामी सिमित संख्यामा थियौं, विद्यार्थीहरु ठूलो संख्यामा आएर तोडफोड गरे, मोटरसाइकलमा आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको हो । ’