२०८२ जेठ ३२ शनिवार

राशिफल

महानगर र उपमहानगरको सिट बाँडफाँटको गठबन्धन बैठकले सोमबार टुंगो लगाउने

काठमाडौँ  :  सत्ता गठबन्धनले भोलि (सोमबार) सम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूबीच सोमबारसम्ममा महानगर र उपमहानगरमा सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सोमबारसम्ममा महानगर र उपमहानगरको उम्मेदवारीबारे टुंगो लाग्ने बताए ।

‘महानगर र उपमहानगरको सिट बाँडफाँट र उम्मेदवारीको टुंगो भोलिसम्ममा लगाउने भन्ने समझदारी भएको छ, भोलि पुनः गठबन्धनको बैठक बस्छ, र देशैभरि चुनावी तालमेलेको अवस्थाबारेको प्रतिवेदनमाथि छलफल र समीक्षा हुने समेत उनले बताएाका छन ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन्

। केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म बनेका गठबन्धनका संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे छलफल गरिरहेका छन् ।