काठमाडौं : नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै उनले आइतबार रिट निवेदन दिएका हुन् ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले निलम्बित गभर्नर अधिकारीले अदालतमा रिट पेश गरेको र सोमाथि अध्ययन भइरहेको जानकारी दिए ।
सरकारले गत चैत २५ गते अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । आफूलाई निलम्बन गर्ने सरकारको निर्णय असंवैधानिक रहेको जिकिर रिट निवेदनमा गरिएको छ ।
तपाइँको प्रतिक्रीया