२०८२ जेठ ३२ शनिवार

राशिफल

बानेश्वरमा आगलागी हुदाँ एक स्कुटर जल्यो

काठमाडौं :  काठमाडौंँको बानेश्वरमा आगलागी भएको छ । आइतबार अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अन्ुसार आगलागीबाट एउटा स्कुटर जलेको छ । आगलागी नियन्त्रणमा आएको उनले जानकारी गराए ।