२०८२ जेठ ३२ शनिवार

राशिफल

गभर्नर अधिकारीको रिट अध्ययनपछि मात्र दर्ता हुने सर्वोच्च अदालतको दावी

काठमाडौं  :  आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको छ । उनका अनुसार अहिले अध्ययन भइरहेकाले अध्ययन पुरा भइसकेपछि मात्र मुद्धा दर्ता हुन्छ ।

सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।