२०८२ जेठ ३२ शनिवार

राशिफल

राप्रपा नेपालले ललितपुर महानगर र गोदावरीमा उपमेयर माग्यो

काठमाडौं :  एमालेसँग तालमेल गर्ने सहमति गरेको राप्रपा नेपालले ललितपुरको गोदावरी र ललितपुर महानगरपालिकामा उपमेयर पद मागेको छ । यस्तै राप्रपा नेपालले केही वडा अध्यक्ष पनि पार्टीले पाउनुपर्ने माग गरेको छ ।

आज ललितपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा बसेको दुबै पार्टीका प्रतिनिधिहरू बीचको बैठकमा राप्रपा नेपालले यस्तो बताएको हो ।

दुई पार्टी आपसमा बसेर सौहार्दपूर्ण रुपमा सबै कुरा टुङ्गो लगाउने बताइएको छ ।

बैठकमा एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम दाहाल, प्रदेश सदस्य बाबुकाजी प्रधान र राप्रपा नेपालबाट जिल्ला अध्यक्ष राजेन्द्र महर्जन, जिल्ला उपाध्यक्ष गोबिन्द खड्का र जिल्ला सचिब अमर मालिलगायतको सहभागिता उपस्थित रहेको थियो ।