२०८२ जेठ ३२ शनिवार

राशिफल

बैशाख ३० गते देशको भविष्य निर्धारण हुन्छ  : केपी ओली

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते देशको भविष्य निर्धारण हुने बताएका छन् ।

आज आइतबार हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको भविष्य निर्धारण हुने बताएका हुन् ।

केपि ओलीले भने,‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ ।’

एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता महिनाको चार हजार पुगेको उल्लेख गर्दै एमालेले मात्रै बुढाबुढीलाई हेर्ने गरेको बताए ।

आँफू काम गर्न नसकेर सरकारबाट हटेको नभइ जालझेलबाट हटाइएको समेत उनले बताएका छन । देश विकास गर्न एमाले चाहिने भएकाले गर्दा अबको स्थानीय चुनावमा एमालेलाई जिताउनुपर्ने बताएका छन । यस पटक एमालाई नजिताएमा विकासको आधार पछि पर्ने बताएका छन ।