काठमाडौं : नेपाल प्रेस युनियन सुनसरी शाखाले पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वय गरि सोही राशि बराबरको अक्षयकोष स्थापना गरेको हो ।
अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
व्यवसायी घिमिरेले आफ्ना बुबाआमाको स्मृतिमा युनियनसँगको सहकार्यमा कोषको स्थापना गरेका हुन ।
तपाइँको प्रतिक्रीया