काठमाडौ : लोकसेवाको प्रवेश तयारी गराउने संस्था कोलम्बिया एकेडेमीले शसस्त्र प्रहरी निरीक्षक तथा सहायक निरीक्षकका नव प्रवेशीहरुलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
सुरक्षा प्रवेशको नम्बर १ प्रवेश तयारी केन्द्र दाबी गर्दै आएको एकेडेमीले गएको शनिबार अर्याल होटलमा २०७८ सालमा शसस्त्र प्रहरीमा सेवा प्रवेश गरेकाहलाई सम्मान गरेको हो।
२०७८ सालमा शसस्त्र प्रहरी निरीक्षक तर्फ ४९ जना कोटामा ४२ जना र सहायक प्रहरी निरीक्षकमा एक सय ५२ कोटामा एक सय ७ जना कोलम्बियामा तयारी गरेका प्रशिक्षार्थी रहेका एकेडेमीका निर्देशक सन्तोष आचार्यले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि मोरङ जिल्लाका न्यायाधीश तेजबहादुर खड्काले कोलम्बिया एकेडेमीबाट गुणस्तरीय जनशक्ति तयार भएको बताए। उनले नवप्रवेशीहरुलाई सेवा अवधिमा कार्यसम्पादनमा उच्च मानोवल राख्न आग्रह गरे। कार्यक्रममा एकेडेमीले नियमित स्रोत व्यत्तिहरुलाई पनि सम्मान गरिएको थियो।
निरीक्षकमा एक नम्बरमा नाम निकाल्न सफल पुष्पा बाँनिया कोलम्बिया एकेडेमीमै तयारी गरेकी थिइन्। दोस्रो नम्बनरमा नाम निकाल्न सफल मौसम राईले सुरक्षा सेवा प्रवेशमा कोलम्बिया एकेडेमीको वातावरण उत्कृष्ट भएर नै आफू सफल भएको बताए।
२०७४ सालदेखि सुरक्षा सेवामा अधिकांश प्रशिक्षार्थी कोलम्बिया एकेडेमीबाट सफल भएको निर्देशक आचार्यले जानकारी दिए।
तपाइँको प्रतिक्रीया