काठमाडौं : पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पिडित नाबालिगले बयान फेरेकी छिन् ।
आईतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी बिपरित बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले बताए ।
पिडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’
बयान फेर्नेलाई ६ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।
पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले भने–‘पीडित होस्टाइल भएकी छिन् तर, बकपत्रमा हस्ताक्षर हुन बाँकी छ ।
तपाइँको प्रतिक्रीया