२०८२ जेठ ३२ शनिवार

राशिफल

आगामी तीन दिन सम्म तापक्रम बढ्ने मौसमविद्को भनाइ

काठमाडौं  :  नेपालमा आगामी तीन दिनसम्म तापक्रममा बृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आइतबार मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम बृद्धि हुने बताएका हुन् ।

केही दिनदेखि तापक्रम बृद्धि भइरहेको उल्लेख गर्दै उनले अझै केहि दिनसम्म तापक्रम बृद्धि कायम रहने बताए । हाल नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम बृद्धि भएको उनले बताए ।

केही दिनपछि भने उच्च चापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा कमि आउने सम्भावना भएको बरिष्ठ मौसमविद् प्रधानाङ्गले बताए ।

उनले तराई क्षेत्रमा भने बढी नै तापक्रम बृद्धि हुने बताए । हाल तराईका केही स्थानहरुमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको भन्दै उनले यो क्रम केही दिनसम्म रहने बताए ।