काठमाडौं : नेपाल राष्ट्र बैंकले विलिासी वस्तुको आयातका लागि एलसी रोकेपछि मोबाइलको आयात रोकिएको छ ।
यसले कतिपय ब्रान्डका लोकप्रिय र विशेष मोडलका मोबाइल सेटहरु बजारमा सजिलै भेटिन छाडेका छन् ।
मोबाइल व्यवसायी संघका अध्यक्ष पुरु बस्नेतका अनुसार एलसी बन्द भएपछि मोबाइल आयात रोकिएपनि अहिलेसम्म मौज्दातले नै माग धानिरहेको छ ।
‘फोनहरु मौज्दातमा छ, एक हप्ताका लागि भनेर बन्द भएकाले खुले पछि आयात सुरु भइहाल्छ,’ उनी भन्छन्, ‘अभावको अवस्था आइसकेको छैन, तर लामो समय आयात रोकियो भने बजारमा समस्या पर्छ ।’
उनले अहिले सिजन नभएकाले फोन आयात नभएपनि मौज्दातबाटै उपभोक्ताले वैकल्पिक सेटहरु किन्न सक्ने बताए ।
तपाइँको प्रतिक्रीया