काठमाण्डौं : मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।
मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा बेहोस भई लडेका यामसानीलाई जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले बताए ।
तपाइँको प्रतिक्रीया