२०८२ जेठ ३२ शनिवार

राशिफल

सिट बाँडफाँटमा गठबन्धनको बैठक आज बस्दै

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलबारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दैछ ।

महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

जनमोर्चा नेता हिमाल पुरीका अनुसार बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुन सक्नेछ ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । हिँजो बसेको बैठकमा दलहरुले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए ।