२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं  : प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै चेल्सी फाइनल प्रवेश गरेको हो ।

वेम्बली स्टेडियममा चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मेसन माउन्टले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।

खेलको ६५ औँ मिनेटमा रुबेनले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । अब चेल्सीले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धामा रहने भएको छ ।