काठमाडौं : स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक
आज सोमबार बस्दै छ ।
साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । यसअघि सचिवालय बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भनिएको थियो ।
सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । पार्टी कार्यालय थापाथलीमा केन्द्रिय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्ने भएको जनाएको छ ।
बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी जानाकरी दिएका हुन ।
तपाइँको प्रतिक्रीया