काठमाडौं : रौतहटमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मध्यभाग देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा आइतबार राति १० बजे दुई मोटरसाइकल जुध्दा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए ।
दुर्घटनामा परेर अचेत भएका यादवलाई उपचारको लागि गरुडास्थित अस्पतालमा पठाउँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
जिल्ला अस्पताल गौरमा मृतक यादवको शव पोष्टमार्टमका लागि पठाइएको छ ।
तपाइँको प्रतिक्रीया