२०८२ जेठ २७ सोमबार

राशिफल

पीएसजी लिग वान फुटबलको उपाधि संभावना नजिक

काठमाडौं  :  मार्सेलीमाथि रोमाञ्चक जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । आइतबार राति दोस्रो स्थानको मार्सेलीलाई २–१ गोल अन्तरले हराएसँगै पीएसजीलाई अब एक खेलमा जित आवश्यक छ ।

जितसँगै पीएसजीले लिगमा १५ अंकको अग्रता बनाएको छ । पीएसजीले ३२ खेलमा ७४ अंक जोडेको छ । दोस्रो स्थानको मार्सेलीले ५९ अंक जोडेको छ । अब एक खेल जितेमा पीएसजीले उपाधि जित्नेछ ।

गत सिजन पनि पीएसजीले नै उपाधि जितेको थियो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक–एक गोल गरे ।

खेलको १२ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।​ मार्सेलीका लागि खेलको ३१ औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।