२०८२ जेठ ३२ शनिवार

राशिफल

तीन सातादेखि लकडाउनमा रहेको चीनको सांघाइमा कोभिडबाट तीन जनाको मृत्यु

काठमाडौं :  मार्चको अन्त्यमा लकडाउनमा प्रवेश गरेपछि चीनले पहिलो पटक सांघाईमा कोभिडबाट तीन जनाको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेका सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप नलगाएको प्राप्त विवरणहरूमा उल्लेख गरिएको छ ।

यस अघि चिनमा कसैको पनि मृत्यु नभएको जनाएको थियो तर समय अनुसार फरक सिजनमा चिनमा पनि तीन जनामा कोभिडले भेटेको छ ।

अधिकारीहरूका अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका थिए । बचाउने अथक प्रयासबीच तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाइको स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।

कोभिड महामारी फैलिएपछि सांघइ तीन सातादेखि लकडाउनमा रहेको छ। लकडाउनपछि चिँनिया नागरिक सरकारसँग रिसाउँदै आएका छन ।