२०८२ जेठ ३२ शनिवार

राशिफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले १ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं  :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन र गठबन्धनबीच तालमेलका लागि भइरहेको छलफलबारे पत्रकार सम्मेलन गर्दैछन ।

आज सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको तयारी, गठबन्धन दलमा तालमेल र उम्मेदवारी चयनबारे भइरहेको छलफललगायतका अन्य विषयमा जानकारी गराउने उल्लेख गरिएको छ ।