२०८२ जेठ ३२ शनिवार

राशिफल

चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय गर्नु गलत भएको गगन थापाको दावी

काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय गर्ननहुने बताएका छन ।

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन् । उनले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताए । आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको उनले जिकिर गरे ।

‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि सरासर गलत रहेको उनले बताए ।