२०८२ जेठ ३२ शनिवार

राशिफल

जनमत पार्टीले बैशाख ७–८ गते वडाहरूको टिकट वितरण गर्ने

काठमाडौं  :  स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको टुंगो लगाउँदै टिकट वितरणको अन्तिम तयारीमा पुगेको छ ।

पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।

आज सोमबार मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने र बैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने जनमत पार्टीले जनाएको छ ।

वडाध्यक्षहरुका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालयका साथै प्रदेश नम्बर १ को विराटनगर र लुम्बिनी प्रदेशको भैरहवाबाट पनि वितरण हुने जनाएको हो ।

जनमत पार्टीबाट उम्मेदवार हुनका लागि उम्मेदवारहरूले मनोनयन–पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । त्यस्तै निर्वाचनमा हुने खर्च आफै गर्नुपर्ने जनमत पार्टीले जनाएको छ ।