२०८२ जेठ ३२ शनिवार

राशिफल

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

पोखरा : कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

जनता समाजवादी पार्टीले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश उपाध्यक्ष आमोद थापाले आजको बैठकमा कुनै सहमति नभएकाले दिउँसो एक बजे फेरि बैठक बस्ने बताए ।