२०८२ जेठ ३२ शनिवार

राशिफल

यो कारण क्रान्तिकारीका दुई केन्द्रीय सदस्य निष्काशनमा परे

काठमाण्डौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका दुई केन्द्रीय सदस्य निष्काशनमा परेका छन् । केन्द्रीय सदस्यहरु दीपक पोखरेल र हिक्मत ‘हिमाल’ शाही निष्काशनमा परेका हुन् ।

सङ्गठनको अनुशासन उल्लङ्घन गरेको र सङ्गठन विरोधी क्रियाकलापमा संलग्न भएको हुनाले उनीहरुलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।