काठमाण्डौं : तह निर्वाचनमा प्युठानको झिमरुक गाउँपलिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । यसअघि राष्ट्रिय जनमोर्चाले जितेको गाउँपालिकामा दुई दल मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।
पालिका अध्यक्ष माओवादीलाई र उपाध्यक्ष काँग्रेसलाई दिने समझदारी बनेको छ । अरु वडा अध्यक्ष र सदस्य दुइ दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ ।
तपाइँको प्रतिक्रीया