२०८२ जेठ ३२ शनिवार

राशिफल

तातोपानी भन्सारमा आइपुग्यो साझाका तीन विद्युतीय बस

काठमाण्डौं : साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी भन्सारमा आइपुगेको छ ।

हालैमात्र कम्पनीले सार्वजनिक टेन्डरमार्फत खरिद गर्न लागेको कुल ४० वटा विद्युतीय बसमध्ये पहिलो चरणमा तीन वटा बस आएको हो ।

साझा यातायातका महानिर्देशक महेन्द्राराज पाण्डेका अनुसार थप ३७ वटा बस भने यही साउन मसान्तभित्र नेपाल आइसक्ने छ ।