२०८२ जेठ २४ शुक्रबार

राशिफल

नागढुंगा नौबिसे सुरूङमार्गको काम सुचारू

काठमाण्डौं : स्थानीयको आक्रमणपछि रोकिएको नागढुंगा नौबिसे सुरूङमार्गको काम सुचारू भएको छ ।

स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै आयोजनाको कार्यालयमा आक्रमण गरेसँगै चैत २८ गतेदेखि रोकिएको काम आजदेखि सुरू भएको हो ।

आयोजना प्रमुख नरेश शाक्यले स्थानीयको अवरोध हटेसँगै आजदेखि आयोजनाको काम अघि बढेको जानकारी दिए ।

हिजो दिउँसो स्थानीयसँगको वार्ता सफल भएपछि आयोजनाको नियमित काम सुरू भएको उनको भनाइ छ ।