२०८२ जेठ ३१ शुक्रबार

राशिफल

आधुनिक हतियार खरिद गर्दै नेपाली सेना

काठमाण्डौं : नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ ।

हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ ।

दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने निश्चित भएको छ ।

हतियार खरिदका लागि बजेट बिनियोजन भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले बताए ।