२०८२ जेठ ३१ शुक्रबार

राशिफल

स्थानीय चुनाव – अपांगता भएकालाई पहिलो प्राथमिकता

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिइने भएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान केन्द्रलाई बढी भन्दा बढी अपांगमैत्री बनाउने गरी व्यवस्थापन गर्नेमा सहयोग गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको छ ।

‘मतदान केन्द्रमा पुग्नेहरुमध्ये सबैभन्दा पहिलो प्राथमिकता अपांगता भएकाहरुलाई दिइनेछ’ उनले भने ।