काठमाण्डौं : कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाइमा लोकार्पण गरिएकोे छ ।
उपन्यास ‘भाइरस लभ’ तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाइमा लोकार्पण गरिएको हो ।
पुस्तकलाई पत्रकार कृष्ण भुसाल, भिडियो निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतले ५ हजार एकसय ६ मिटर उचाइमा लोकार्पण गरेका थिए ।
१९२ पेजको उपन्यास चालीस भाग विभाजन गरिएको छ । कार्यक्रममा सहभागी भुषाल, चन्द र अधिकारीले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।
यति धेरै उचाइमा उपन्यास लोकार्पण गरिएको विश्वमा यो नै पहिलो पल्ट भएको उपन्यासकार डा। उपाध्यायले जानकारी गराए ।
तपाइँको प्रतिक्रीया