काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेतालाई काठमाण्डौ बोलाएको छ ।
पोखरा महानगरपालिकाको प्रमुख कसले पाउने भन्ने बारेमा विवाद मिलाउन सभापति देउवाले कास्कीका नेताहरुलाई काठमाण्डौ बोलाएको हो ।
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको पनि दाबी छ । कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनबीचमा सहमति जुट्न सकेको छैन । कांग्रेस कास्कीका दुई सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकाल तथा नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेश थापा र टुकराज बाँस्तोलाले हिजो विज्ञप्ति निकालेर पोखरामा मित्रवत प्रतिस्पर्धा अर्थात एक्ला एक्लै चुनाव लड्ने बताएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बिहान ११ बजेपछि बस्ने तयारी छ ।
तपाइँको प्रतिक्रीया