२०८२ जेठ २४ शुक्रबार

राशिफल

अस्पतालबाट फरार थुनुवा प्रहरी नियन्त्रणमा

काठमाण्डौ :  उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ घर भइ केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका ४५ वर्षका राजेश तिरुवा उपचारका क्रममा वीर अस्पतालबाट चैत २९ गते भागेका थिए ।

फरार तिरुवालाई हिजो काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।