२०८२ जेठ २४ शुक्रबार

राशिफल

नेविसंघले ५३ औं स्थापना दिवस मनाउँदै

काठमाडौं  : नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघले ५३ औं स्थापना दिवस मनाउँदै छ । विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो । मंगलबार विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थापन दिवसमा नेविसंघले आफ्ना संस्थापक सदस्यलाई सम्मान गर्ने लागेको बताए । कार्यक्रममा उपस्थित हुन नसक्नेको घरमै गएर सम्मान हस्तान्त्ररण गरिने शेर्पाले बताए । उनका अनुसार स्थापना दिवसका अवसरमा नेविसंघले आफ्नो एप सार्वजनिक गर्दै छ । नेविसंघको साधारण सदस्यतालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाइएको शेर्पाको भनाइ छ ।

कलेजमा छात्रामाथि शारीरिक तथा मानसिक पीडा दिने विभिन्न खालका घटना भएको अवस्था छ । ‘छात्रा साथीहरु सिधै, अभिभावकलाई भने प्रहरी कहाँ जाने सक्ने अवस्था छैन ।

उनका अनुसार उक्त टीमले पीडित विद्यार्थीको सूचना गोप्य राखेर कानुनी लडाइमा तत्काल सहजीकरण गर्ने छ । नेविसंघले अब ३० प्रतिशत राजनीति र सुशासन र बाँकी विद्यार्थीको मुद्दामा केन्द्रित हुने लक्ष्य रहेको शर्पाले बताए ।

नेविसंघको एपभित्र एउटा लर्निङ सेन्टेरको व्यवस्था छ । जसमा विभिन्न विषयमा निशुल्क नलाइन कक्षाको सुविधा हुने छ । उनका अनुसार लोक सेवा तयारी र विभिन्न विषयको इन्टन्स तयारी आफैनै घरबाट गर्न पाउने व्यवस्था छ । नेपालमा पढाइहुने सबै विषयको नोट पनि एपमा हेर्न पाइनेछ । यो आजैबाट लागू हुन्छ ।

शेर्पाका अनुसार नेविसंले अहिले नोट लिएका प्रध्यापकलाई केही समयपछि रोयल्टीको व्यवस्था गर्ने छ । त्रिभुवन विश्व विद्यालयमा हेप्ल डेक्स स्थापनाका लागि दबाब दिरहेको छ । त्रिविले हेल्प डेक्स नबनाए नेविसंघ आफैले पनि स्थापना गर्ने शेर्पाले बताए । अध्यक्ष शर्पाका अनुसार उपत्यका बाहिर जाँदा नेविसंघका नेताहरुलाई होटेलमा बस्न नपाउने नियम लागू गरिएको छ । क्याम्पस, विश्वविद्यालय वा नेविसंघका नेताको घरमा मात्र बस्न पाइनुपर्ने आचारसंहिता लागू भएको उनको भनाइ छ ।