२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारियो

काठमाडौं : सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ ।

यसअघि साढे ११ बजे तय भएको बैठक आजै दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।