२०८२ जेठ २३ बिहीबार

राशिफल

बाँकेमा इजाजत लिइएका सात हतियार मात्रै बुझाइयो

काठमाडौं :  बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीका अनुसार अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात वटा हतियार मात्रै बुझाइएकोे छ ।

इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो ।

स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना जारी गरेको थियो ।

तर अहिले सम्म बाँकेमा अहिलेसम्म सातवटा मात्र हतियार बुझाइएको छ ।

कार्यालयले निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने जनाएको थियो ।

इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी इकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको थियो । जिल्लामा ५५५ जनाले इजाजत प्राप्त हतियार राख्ने अनुमति पाएका थिए ।