२०८२ जेठ २२ बुधबार

राशिफल

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोट, छ जनाको मृत्यु

काठमाडौंँ  : अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोट गराएका छन् ।

घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो ।

दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो । अधिकारीहरुले जनाएअनुसार दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।