२०८२ जेठ २३ बिहीबार

राशिफल

नेविसंघको नेता प्रधानमन्त्री हुँदा खुशी हुने प्रधानमन्त्री देउवाको दावी

काठमाडौं :  प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गाउँका विद्यालयमा नेपाल विद्यार्थी संघको संगठन बनाउन निर्देशन दिएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले क्याम्पस र विश्व विद्यालय तहदेखि नै संगठन गर्नुपर्दछ । ‘

नेविसंघ स्कुल र कलेजमा हारिरहेको भन्दै गाउँमा संगठन बनाउन उनले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई निर्देशन दिए । साथै उनले छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

स्थानीय तह, प्रदेश र संघको निर्वाचन पछि गाउँ गाउँमा संगठन विस्तार गरी नेविसंघको अधिवेशन गराउन देउवाले निर्देशन दिए । ‘दुजाङको काम भनेको अधिवेशन गराउने हो ।

देउवाले शेर्पाको नेतृत्वमा पदाधिकारी विनाको कमिटी दिने संकेत समेत बताएका छन् । पदाधिकारी बनाउँदा भागबण्डाको झगडा हुने उनको भनाइ थियो । ‘

देउवाले नेविसंघ सबै कुुरामा अब्बल हुनपर्ने बताए । ‘नेविसंघको काँधमा जिम्मेवारी आइसक्यो । तपाईं प्रधानमन्त्री बन्नुस् । म खुसी नै हुन्छु । कोही मुख्यमन्त्री भन्नुस् । त्यसका लागि संगठन गर्नु पर्यो,’ उनले भने । नेविसंघलाई सबै ठाउँमा बलियो बनाउने र जिताउने अर्जुन दृष्टि राख्न समेत उनले निर्देशन दिएका हुन ।