२०८२ जेठ ३० बिहीबार

राशिफल

ओखलढुंगामा भागबण्डा मिलाउन नसक्दा गठबन्धन संकटमा

काठमाडौं : ओखलढुंगामा सत्ता साझेदार दलहरुबीच गठबन्धन संकटमा परेको छ । भागबण्डा मिलाउन नसक्दा सत्तारुढ दलहरुको बैठक नै बस्न सकेको छैन ।

जनता समाजवादी पार्टी जसपाले आउने चुनावमा गठबन्धन गर्न नसकिने जनाएको छ ।

‘एक महिना लामो छलफल भइसक्यो । तर नेपाली कांग्रेसको अडानले गर्दा गठबन्धन ब्रेक भयो’, जसपाका प्रदेश सदस्य धीरेन्द्र रुम्दाली भन्छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग तालमेल भएपनि कांग्रेससँग सम्भावना सकिएको उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले भने छलफल भइरहेको र सहमति जुट्न भने बाँकी रहेको बताए ।

‘हामीले जितेको ठाउँ समेत छोड्न तयार भइसक्यौं, अब पनि तालमेल नगर्ने भन्ने हुन्न’, खतिवडा भन्छन् ।

कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले पनि माओवादी केन्द्रसँग छलफल भइरहेको बताउँछन् ।

‘माओवादी केन्द्रसँग छलफल भइरहेको छ । त्यसपछि अरु कुरा होला’, खनाल भन्छन् ।

०७४ को चुनावमा ओखलढुंगामा एमालेले ४, कांग्रेसले ३ र माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ ।