२०८२ जेठ २४ शुक्रबार

राशिफल

सत्ता गठबन्धनको बैठक बालुवाटारमा तीन बजेबाट शुरु

काठमाडौं  : सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।

महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन आज साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सारेर अहिले ३ बजेदेखि सुरु भएको हो ।

गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले बैठक सारिएको थियो ।

सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि अझै सहमति भएको छैन ।