काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका नाममा आफ्नो पार्टीले अपमान नसहने बताएका छन् ।
आज मंगलबार काठमाडौमा भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दलभित्र तालमेल गरेर चुनावमा जाने सहमति भएको र सोही अनुसार उम्मेदवार तय गर्ने काम भइरहेको उनले बताएका छन ।
अध्यक्ष नेपालले पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएकाले तालमेल गरेर अघि बढ्ने र तालमेल हुन नसकेका स्थानमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए ।
‘पाँच दलभित्रै सहमति गरेर जाने सैद्धान्तिक सहमति भएको छ र त्यही अनुसारको गृहकार्य पनि भइरहेको उनको भनाइ रहेको छ ।
उनले कतिपय स्थानमा आफ्नो पार्टीलाई अपमान गर्न खोजिएको भन्दै त्यस्तो अपमान सहेर तालमेल नगर्ने पनि उनको भनाइ रहेको छ ।
तपाइँको प्रतिक्रीया