२०८२ जेठ २५ शनिवार

राशिफल

अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको समूह किन नेपाल आउने भएका हुन ?

काठमाण्डौ   : अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह वैशाख ९ गते आउने शुक्रवार नेपाल आउने भएका छन् ।

अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउने भएका छन ।

उनीहरुसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउने भएका छनु । उनीहरु विभिन्न देशको भ्रमण गर्ने क्रममा नेपाल पनि आउन लागेका परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन ।

नेपालसँगै उनीहरु पोल्यान्ड, यूएई, भारत र जर्मनीको नौ दिने भ्रमण गर्नेछन । नेपाल भ्रमणका बेला द्विपक्षीय कुटनीतिक सम्बन्ध र दुई देशका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रमको तालिका तय भएको छ ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अरू विशेष भ्रमणको उद्देश्यबारे पुष्टि नभए पनि रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनको पक्षमा समर्थन जुटाउन उनीहरु विभिन्न देशको भ्रमणमा निस्कन लागेका हुन । यो समूह वैशाख ११ गते आइतवार नेपालबाट फर्किनेछ ।

यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाण्डौ आउँदा सिनेटर केली पनि सँगै आएकी थिइन ।