२०८२ जेठ २३ बिहीबार

राशिफल

शेयर बजार १३.३७ अङ्कले बढ्यो

काठमाण्डौ  : पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज मङ्गलवार भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३७ अङ्कले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । दुई सय २९ कम्पनीका ३२ लाख १३ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।