२०८२ जेठ २३ बिहीबार

राशिफल

गठबन्धन नगरे कांग्रेसको हालत पहिलेकै जस्तो हुन्छ :  प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अरू दलसँग चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसको हालत पहिलेकै अवस्थामा पुग्ने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाण्डौमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गठबन्धन नगरि चुनाव लडेमा पहिलेको जस्तै हालत हुने भएकाले गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गरेका छन् ।

गठबन्धन लेनदेनको विषय पनि भएकाले सबैतिर कांग्रेसले मात्रै पाउनुपर्छ भनेर अडान लिन नहुने पनि देउवाको भनाइ छ ।

‘गठबन्धनमा गिभ एन्ड टेकको कुरा हुन्छ, कांग्रेसलाई मात्रै दिनका लागि अरू दलले गठबन्धन गरेका होइनन् नि, ठिक छ कांग्रेस पार्टी ठूलो छ, ठूलै पार्टी होस्, अरूले सानै अनुसार भाग खोजेका छन्, यसमा किन आपत्ति जनाउनुपर्यो उनले भने ।

माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँगको गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री पाएको, एउटा पनि मुख्यमन्त्री नभएको अवस्थामा गण्डकी र कर्णालीमा मुख्यमन्त्री पाएको र अरू सरकारमा पनि सहभागी भएको, विभिन्न ठाउँमा सम्मानजनक उपस्थिति रहेको प्रधानमन्त्री देउवाले बताएका छन् ।