काठमाडौं : नेपाली काँग्रेसको बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिका मेयरको उम्मेदवारमा खेलराज पाण्डेको नाम सिफारिस गरेलगत्तै काँग्रेसभित्रै असन्तुष्टिको वातावरण पैदा भएको छ ।
खासगरी काँग्रेसको संस्थापन इतर समूहमा असन्तुष्टि चुलिएको हो । मेयरको उम्मेदवार सिफारिस पाण्डे काँग्रेसका संस्थापन इतर पक्षका हुन् ।
संस्थापन इतर पक्षकै अन्य आकाङ्क्षीले पाण्डेको नाम सिफारिस भएकोमा असन्तुष्टि जनाएका हुन् । असन्तुष्ट पक्षले प्रदेश समिति र जिल्ला समितिलाई असहमतिसहितको ज्ञापन पत्र बुझाएको क्षेत्रीय सभापति हरि लम्सालले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया