२०८२ जेठ २९ बुधबार

राशिफल

कांग्रेसबाट सिद्धार्थनगरको मेयर उम्मेदवारमा खान

काठमाडौं :  सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहम खानलाई उम्मेद्वार सिफारिस गरेको छ । सुरुमा कांग्रेस रहेका खान केही वaर्ष राप्रपामा रहेका थिए ।

उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खांणले बताए ।

यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा . रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरि पठाएको छ । एमालेबाट कसले टिकट पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।