२०८२ जेठ २९ बुधबार

राशिफल

अब बजारमा ११ करोड ७८ लाख रुपैयाँ बराबरको आईपीओ

काठमाडौं: धितोपत्र बजारमा फेरि ११ करोड ७८ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ ।

दुई वटा लघुवित्त कम्पनी अभियान र आत्मनिर्भरले कुल ११ करोड ७८ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ७८ हजार ३८० कित्ता आईपीओ जारी गर्ने भएका हुन् । यी दुई लघुवित्तले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।

निवेदन अनुसार अभियान लघुवित्तले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डसँग माग गरेको छ ।
यस्तै, आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आइपीओका लागि अनुमति मागेको छ ।