२०८२ जेठ २९ बुधबार

राशिफल

मधेस प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने

काठमाण्डौं : मधेस प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने भएको छ । गठबन्धनका जिल्ला अध्यक्षहरूसँग मंगलबारको छलफलमा सहमती नभएपछि बैठक बुधबार बस्ने भएको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र राजपाले जितेको पालिकामा दावी गरेपछि सहमति हुन नसकेको बताइएको छ ।

सोमबारको बैठकमा दलहरुबीच ०७४ सालको स्थानीय तहमा जितेको दलले नै यो निर्वाचनमा पनि लिने सहमति भएको थियो ।

तर तत्कालिन राजपा नेपाल र एमालेले जितेको ३४ पालिकामा कसले कति लिने भन्नेमा सहमति हुने नसकेको नेताहरुले बताएका छन् ।