काठमाण्डौं : कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कार्चेन लामा सवार गाडी दुर्घटना भएको छ।
सुर्खेत–दैलेख खडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मंगलबार दिउँसो विपरित दिशाबाट आएको भे१च २४७४ नम्वरको बोलेरो जीपले मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्वरको जीपलाई ठक्कर दिँदा दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गाडीमा सामान्य क्षति भएपनि मानवीय क्षति भएको छैन् ।
तपाइँको प्रतिक्रीया